फर्म, समूह वा सहकारीको नाम:
पोखरा ९ कृषि उपज थोक बजार मन्डी, शान्तिवन बजार |
कार्यक्रमको नाम:
कृषि उपज थोक बजार मन्डी, शान्तिवन बजारमा अनुगमन तथा विभिन्न ब्यबसायी सग छलफल |
के हुदैछ ?:
उत्पादन नियन्त्रण गरे पश्चात् च्याउ उत्पादनको माग र आपूर्ति मिलेको अब उत्पादन को बजार बिबिधिकरण गर्न जरुरी छ, बजार हेरेर उत्पादन नियन्त्रण गर्नुपर्ने अवस्था आएको छ, उपभोक्ताको क्रयशक्ति घटेको छ आन्तरिक उत्पादन खपतको योजना ल्याउनुपर्ने देखियो |
किसानको प्रतिक्रिया:
पोख्रेली उत्पादकलाइ महानगरको न्युनतम समर्थन मूल्यले धेरै राहत मिलेको, अब चितवन बाट आउने गोलभेडा, काउली सग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएकोले न्युनतम समर्थन मूल्य को लागि सुचिकृत हुनको लागि आग्रह र यसै गरि बजारमा आएर वास्तविकता बुझ्नको लागि अनुरोध केही फ्रेस हाउस, मासु ब्यबसायी संघ को छलफलमा पनि उपभोग तथा कारोबार घटेको भन्ने आयो | |
भ्रमण कर्ताको सिफारिस:
हरेक क्षेत्रलाई चलायमान बनाउन केही समय उत्पादन सामाग्री तथा उपभोग सामग्रीको मूल्य समायोजन, ब्यबसायको करको दर र दायरा मा पुन बिचार, सटर तथा जग्गा भाडा, सहुलियत दरको लोन आदिमा सहजीकरण गर्नुपर्ने देखिन्छ | |